समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

पृष्ठभूमि

नेपालको अन्तरिम संविधान, २०६४ मा नेपाललाई एक स्वतन्त्र, अविभाज्य, र्सार्वभौमसत्ता सम्पन्न,  धर्मनिरपेक्ष,  समावेशी  र  संघीय  लोकतान्त्रिक  गणतन्त्रात्मक  राज्य  हो  भनी परिभाषित गरिएको छ । नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त राष्ट्रका रुपमा आत्मसाथ गरेको छ । नेपालका मुस्लिम समुदायको समग्र आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक विकास गर्न नेपाल सरकारले राष्ट्रिय  मुस्लिम  आयोगको  स्थापना  गरेको छ । नेपाल  सरकार  मन्त्रिपरिषदको  मिति २०६८ साल चैत्र २३ गतेको निर्णयबाट राष्ट्रिय मुस्लिम आयोगको गठन र सञ्चालन सम्बन्धी ब्यवस्था, २०६८ स्वीकृत भई यस आयोगको स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६९ साल बैशाख २१ गतेको निर्णयबाट यस आयोगको प्रथम कार्यकालका लागि पदाधिकारीहरुको मनोनयन भई आयोग कृयाशिल रहेको छ । गठन आदेश अनुसार आयोगमा १ अध्यक्ष, १ सदस्य सचिव र ११ जना सदस्य सहित १३ जना पदाधिकारी  रहने  ब्यवस्था  छ । मुस्लिम  समुदायको  उत्थान  र  विकासमा  उल्लेखनीय योगदान पुर्‍याएका मुस्लिम समुदायका ब्यक्तिहरु मध्येबाट नेपाल सरकारले पदाधिकारी मनोनयन गर्ने ब्यवस्था छ । प्रत्येक विकास क्षेत्रबाट कम्तिमा एकजना पदाधिकारी पर्ने ब्यवस्थाका  साथै  पदाधिकारीको  एक  कार्यकाल  बढीमा  चार  बर्षो  हुने  प्रावधान रहेको छ।

 

राष्ट्रिय मुस्लिम आयोग नेपालको एउटा सरकारी संगठनको रुपमा रहेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फ नेपाल सरकारसँग सर्म्पर्कमा रही आयोगले कार्य गर्ने ब्यवस्था रहेको छ । प्रथम कार्यकालका लागि पदाधिकारीहरु मनोनयन भई यस आयोगको कार्य प्रारम्भ भएको मिति २०६९ साल बैशाख २१ गतेका दिनलाई यस आयोगको स्थापना दिनको रुपमा लिईएको छ । आयोगका पदाधिकारीहरु मध्ये अध्यक्ष र सदस्य सचिव पूर्णकालिन रहने प्रावधान छ । आयोगको कर्मचारी प्रशासन र आर्थिक प्रशासन सञ्चालनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका उपसचिव एकजना र आर्थिक कार्यमा सहयोगका लागि राजपत्रअनंकित प्रथम श्रेणीका लेखापाल एकजना काजमा पठाउने र अन्य कर्मचारीहरु गठन आदेशमा भएको प्रावधान बमोजिम करारमा नियुक्ति हुने ब्यवस्था छ । आयोगको बैठक र कार्यप्रणाली आयोग आफैले निर्धारण गर्ने ब्यवस्था रहेको छ । आयोगलाई नेपाल सरकारबाट दिईने अनुदानबाट आयोगले बाषिर्क कार्यक्रम र कार्यालय ब्यवस्थापन गर्ने प्रावधान छ । विदेशी सरकार, अन्तराष्ट्रिय संघ संस्था, ब्यक्ति, राष्ट्रिय संघ संस्था वा ब्यक्तिबाट सहयोग तथा अनुदान लिई आयोगले कार्य गर्न सक्ने प्रावधान गठन आदेशमा रहेको छ।