समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

अर्न्तक्रियात्मक कार्यशाला गोष्ठीको प्रतिवेदन २०७०

मुस्लिम समुदायसम्वन्धी कार्यक्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थासँग अर्न्तक्रियात्मक कार्यशाला गोष्ठी प्रतिवेदन (२०७०।०७।१२)

राष्ट्रिय मुस्लिम आयोगले यही मिति २०७० साल कात्तिक १२ गते मंगलवारका दिन मुस्लिम समुदायसम्वन्धी कार्यक्षेत्रमा कार्य गर्ने विभिन्न गैरसरकारी संस्थाहरुसँग अर्न्तक्रियात्मक कार्यशाला गोष्ठीको आयोजना गरेको थियो। उक्त कार्यशाला गोष्ठीको उद्घाटन सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव एवं कार्यक्रमका प्रमुख अतिथि शान्तबहादुर श्रेष्ठले गर्नु भएको थियो। गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि एवं सचिव श्रेष्ठले राज्यले सबै समुदायको विकासका लागि बजेट विनियोजन गरेर कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मुस्लिम समुदायमा शिक्षा र चेतनाको अभाव रहेकाले आयोगले सोही अवस्था हेरेर कार्य गर्न जरुरी रहेको देखिन्छ। सचिव श्रेष्ठले राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको बृहत्तर हित र विकासलाई ध्यानमा राखी मुस्लिम समुदायलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने गरेको र आगामी दिनमा आयोगको कार्यलाई अझ विस्तार गर्न मन्त्रालय सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो।

कार्यशाला गोष्ठीमा मुस्लिम मुक्ति मोर्चा नेपालका संयोजक एवं पूर्व राज्यमन्त्री हकिकुल्लाह खान मुसलमानले मुस्लिममाथिको आजसम्मको उत्पीडन र विभेदको क्षतिपूर्तिबापत आफूहरुलाई विशेष अधिकारको व्यवस्था हुनर्पर्ने बताउनु भयो। उहाँले संघीयतामा मुस्लिमको राज्य बन्न नसके पनि विशेष क्षेत्र र संरक्षित क्षेत्र निर्धारण गरेर आफूहरुका समस्या सम्बोधन गर्न सबैसँग आग्रह गर्नुभयो । राष्ट्रिय मुस्लिम आयोग गठन गरिए पनि त्यसको कार्यक्षेत्र र अधिकार सीमित रहेको चर्चा गर्दै आयोगलाई संवैधानिक बनाउन उहाँले माग गर्नुभएको थियो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मीराज पाण्डेले राष्ट्रिय मुस्लिम आयोग भर्खर स्थापना भएको हुँदा बजेट तथा व्यवस्थापनका कार्य प्रभावकारी हुन नसकेकाले आगामी आर्थिक वर्षरुमा बजेट विनियोजनमा वृद्धि गरी भौतिक संरचनाको सुधार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। निजामती तथा अन्य सरकारी, अर्ध सरकारी एवं निजी सेवाहरुमा मुस्लिम समुदायको सहभागिता बढाउन राष्ट्रिय मुस्लिम आयोगले लोकसेवा तयारी कक्षालगायतका कार्य समुदायमा सञ्चालन गर्नुपर्ने पाण्डेको सुझाव थियो । मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले मुस्लिम समुदाय अत्यन्तै पछाडि पारिएको समुदाय रहेको चर्चा गर्दै मुस्लिमहरु आदिवासी रहेको बताउनु भयो । राष्ट्रिय मुस्लिम आयोगले समुदायको अपेक्षा अनुसार प्रभावकारी काम गर्न नसकेको र सरकारले पनि पर्याप्त स्रोतसाधन आयोगलाई नदिएको उहाँले गुनासो थियो ।

कार्यशाला गोष्ठीको उद्देश्य, उपादेयता र आयोगको अवस्थाको बारेमा प्रकाश पार्दै राष्ट्रिय मुस्लिम आयोगका सदस्य सचिव शम्सेर मियाँले राज्यले मुस्लिम समुदायलाई उपेक्षा गरेको उल्लेख गर्दै सीमित स्रोतसाधनका कारणले राष्ट्रिय मुस्लिम आयोग देशभरका मुस्लिमहरुको बस्ती बस्तीमा पुग्न नसकेको कुरा बताउनुभयो।

कार्यशाला गोष्ठीमा मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायले संविधानसभा जनसंख्याको अनुपातमा आफूहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका थिए। उहाँहरुले राजनीतिक दलहरुले संविधानसभा निर्वाचनमा मुस्लिमहरुको सहभागिता प्रयाप्त मात्रामा नगराएको भनी गुनासो पोखेका थिए। नयाँ संविधानमा मुस्लिमहरुको पहिचान प्रत्याभूति गरिनुपर्ने, मौलिक हकमा मुस्लिम अधिकार उल्लेख गरिनु पर्ने र राष्ट्रिय मुस्लिम आयोगलाई संवैधानिक मुस्लिम आयोगमा परिणत गर्नुपर्ने माग गरेका थिए। साथै कार्यशाला गोष्ठीमा मुस्लिम समुदायका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थासँग भावी रणनीतिका बारेमा पनि छलफल गरिएको थियो। 

 बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।