समाचार र सूचना

  • आ.ब. २०७३ / ०७४ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विवरण

    मितिो: २४।०९।२०७३   आ.ब. २०७३ / ०७४ को  पहिलो  तीन महिनाको सूचना सार्वजनिक...
    [ थप पढ्नुहोस् ]

  • लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना

    मिति: २०७३।०८।१५   लोक सेवा तथा शिक्षक सेवा परीक्षा तयारी सम्वन्धी सूचना ...
    [ थप पढ्नुहोस् ]

  • शुभकामना (17-06-2073)

    १७।०६।२०७३ शुभकामना    मुसलमानहरुको हिजरी वर्ष १४३८ शुभारम्भ भएको अवसरमा...
    [ थप पढ्नुहोस् ]

  • बकर ईदको शुभ कामना (२१।०५।२०७३)

    मिति: २१।०५।२०७३ शुभ कामना !!!!   नेपालीहरुमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक...
    [ थप पढ्नुहोस् ]

  • आगमी वर्ष देखि इदको दिनमा परिक्षा नहुने

    मुस्लिमहरुको पवित्र चाड इदको दिन भाद्र २८ गते परिक्षा परेकोले मुस्लिम परिक्षार्थीहरुलाई...
    [ थप पढ्नुहोस् ]

  • हज यात्रीको विदाई

    यस वर्ष (२०७३) मा मक्का मदिना सरिफमा हज गर्न जाने नेपाली हज यात्रीहरुलाई त्रिभूवन...
    [ थप पढ्नुहोस् ]

  • शुभ कामना सन्देश (२२।०३।२०७३)

    मिति: २२।०३।२०७३ शुभ कामना सन्देश      स्वर्गका ढोकाहरु खोलिने र नरकका...
    [ थप पढ्नुहोस् ]

  • आयोगले २०७२।०७३ आषाढ सम्म गरेको गतिबिधि

    सेवा प्रवेश अभिमुखिकरण तालिम तथा लोक सेवा आयोगको लागि निःशुल्क तयारी कक्षा...
    [ थप पढ्नुहोस् ]

  • आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको विबरण

    मिति: ( २०७२्।०५।०१) आ.ब. २०७१ / ०७२ को पछिल्लो तीन महिनाको सूचना सार्वजनिक गरेको...
    [ थप पढ्नुहोस् ]

उपयोगी लिंकहरु

इमेल चेक गर्नुहोस्

नेपालमा मुस्लिम समुदायको अवस्था

नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहदै आएको पाईन्छ। २०६३ साल जेष्ठ ४  गते  पूर्व  नेपाल  हिन्दूर्धम  सापेक्षअधिराज्य  रही  आएकोमा  मिति  २०६३  साल जेष्ठ ४ गतेको तत्कालिन प्रतिनिधिसभाको घोषणाबाट नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएको हो। जनसंख्याको हिसाबले नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको बाहूल्यता र  मुस्लिम  धर्मावलम्बी  अल्पसंख्यक  रहेता  पनि  यहाँ  सदियौंदेखि  धार्मिक  सहिष्णुता रहदै आएको छ। तर हिन्दू र बौद्ध धर्मसंग सम्बन्धित धार्मिक, ऐतिहासिक क्षेत्रको विकासमा सरह मुस्लिम क्षेत्रको विकासमा राज्यको ध्यान विगतमा नगन्य मात्र रहेको पाईन्छ। अहिले पनि साधन र स्रोत परिचालनका हिसाबले सन्तोषजनक परिवेषको अनुभूति यस समुदायले गर्न सकिरहेको छैन।

 

नेपालका मुस्लिम नागरिकहरु पिछडिएका अवस्थामा छन।अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेको पाईन्छ। तुलनात्मक रुपले नेपाली मुस्लिमहरु अशिक्षित र बेरोजगार रहेका छन। मदरसा शिक्षा प्रणाली हाल सम्म पनि ब्यवस्थित हुन सकेको छैन। परम्परागत शैक्षिक ब्यवस्थाको रुपमा रहेको मदरसा शिक्षालाई सुदृढ र संस्थागत गर्न जरुरी देखिन्छ। मदरसा शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षता र पद्धतिमा ल्याउन ठोस कार्यक्रमहरुको आवश्यकता देखिन्छ। मुस्लिम समुदायका धार्मिक तथा सांस्कृतिक महत्व राख्ने मस्जिद, मदरसा, इदगाह, मजार, कर्वला, कव्रस्थानहरुको अभिलेख, जग्गाको भोगाधिकार र स्वामित्व स्थापित गर्नु अपरिहार्य देखिन्छ । केही शैक्षिक छात्रवृत्तिका कोटामा बाहेक र्सार्वजनिक सेवाका क्षेत्रमा मुस्लिम समुदायका ब्यक्तिका लागि छुट्टै कोटा आरक्षण भएको छैन। मुस्लिमलाई मधेशीभित्र राखिएको पाइन्छ। धार्मिक र जनसांख्यिक हिसाबले अल्पसंख्यक रहेको मुस्लिमको सामाजिक समावेशीकरणका लागि छुट्टै आरक्षणको कोटा निर्धारण हुन जरुरी छ। नेपालमा मुस्लिमहरुको बसोबास पहाडी र हिमाली जिल्लामा समेत रहेको हुँदा मुस्लिमलाई मधेशीभित्र राखिएको न्यायोचित छैन। संविधानसभाको दोस्रो निर्वाचन सम्म आइपुग्दा पनि मुस्लिम प्रतिनिधित्वको बाध्यात्मक प्रतिशत ब्यवस्था नहुनु यस समुदायप्रतिको उपेक्षाको रुपमा लिनु पर्ने हुन्छ। राज्य संयन्त्रका बिभिन्न निकायबाट सञ्चालित लक्षित कार्यक्रमहरुको पहुँच मुस्लिम समुदायका बिपन्न नागरिकसम्म पुग्न बाँकी नै रहेको पाइन्छ। परम्परागत मूल्य र मान्यताका कारण पनि नेपालका मुस्लिम महिला र बालबालिकाहरु शिक्षा, स्वास्थ्य, पोषणमा पछाडी परेका छन। उनीहरुको पारिवारिक, वैवाहिक र सामाजिक स्थिति आत्मसम्मानयुक्त हुनमा अवरोधपूर्ण रहेको पाइन्छ।

 

नेपालमा हजहाउसको प्रवन्ध नहुनु, हज सम्बन्धी स्थायी संयन्त्र नहुनु, सयौं बर्ष पुराना मदरसाहरु उपेक्षित रहनु, मदरसा शैक्षिक पाठयक्रम र शैक्षिक उपाधिहरुको समकक्षता र औपचारिकता नपाउनु, विदेशी विध्धालय र विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका नेपाली मुस्लिम नागरिकले शैक्षिक उपाधिको मान्यता नपाएका, मुस्लिमलाई मधेशी भित्र राखिएकाले छुट्टै पहिचान हुन नसकेको जस्ता समस्याहरुको नीतिगत रुपमा संबोधन गरी कार्यान्वयन गर्न गराउन राज्यले विशेष ध्यान दिनु पर्ने माग रहेको छ । इदुल अज्हा र इदुल फित्रमा सार्वजनिक बिदा दिइने गरेको भए पनि महरम र मोहम्मद दिवसमा पनि बिदाको माग रहेको छ।